कर्णाली एक्सपो सर्याे

सुर्खेतः यही माघ २६ गतेदेखी सुर्खेतमा हुने भनिएको महोत्सव फागुन १४ गतेदेखि संचालन हुने भएको छ । कर्णाली एक्सपो नाम दिइएको महोत्सव यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म संचालन गर्ने भनिएपनि विभिन्न कारणले मिति सारिएको उद्योग वाणिज्य संघ सुर्खेतले जनाएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीले विविध कारणले गर्दा माघ २६ गतेदेखि हुने भनिएको महत्वसव अब फागुन १४ गतेदेखि २२ गतेसम्म संचालन हुने जानकारी दिए ।  महत्सवले कर्णालीको पर्यटन प्रवद्र्धनसँगै कला संस्कृतीलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

कर्णालीको कला तथा संस्कृती झल्किने गरी एक्स्पोको आयोजना गरिने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले बताए ।

महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिने बताउँदै उनले कर्णालीका कला, संस्कृती, रैथाने संस्कृतीहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५