काकाले २७ महिनाकी भतिजीलाई पछारेर हत्या गरे

स्याङ्जा । भतिजीलाई पछारेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ । चापाकोट नगरपालिका ७ बस्ने बर्ष ३८ का बासुदेब ढकाललाई भतिजीको हत्या अभियोगमा पक्राउ गरेको हो ।

बासुदेवले आफ्नै भाईको २७ महिनाका छोरी सुबिना ढकाललाई दुबै खुट्टा समाई जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा निधन भएको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । हत्यामा संलग्न ढकाललाई नियन्त्रणमा लिएर ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको अधिकारीले बताए ।

अधिकारीका अनुसार मदिरा सेवन गरेका ढकालले भतिजीको हत्या गरेका थिए । ढकालले आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकारेका छन् । मृतक बालिकाको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५