दैलेख ः जिल्ला सदरमुकाम भित्र ट्राफिक ब्यवस्थापनमा चुनौति देखिएपछी बजार क्षेत्रमा एक तर्फि सडक प्रयोगको नियम लागु गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सदरमुकाम भित्र ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई प्राथमिकता दिदै बजार क्षेत्रमा सवारीको जाम पर्ने भएकोले बजार क्षेत्रमा एक तर्फि सडक मात्र प्रयोग गरिने गरि ब्यवस्था मिलाएको बताएका छन् । उनका अनसार बजार क्षेत्रमा अव जहाँ पायो त्यही गाडिहरु पार्किङ्ग गर्ने पाइने छैन । सवारीहरु पाकिीङ्ग गर्नेको लागि नारायण नगरपालिका –६ मा रहेका बसपार्कमा मात्र पार्किङ्ग गर्ने निर्णय भएको छ ।
अव्यवस्थित पार्किङले बजारको सुन्दरतामा असर गरेको र ओहोरदोहोरमा समेत समस्या हुने गरेको भन्दै यस्तो व्यवस्था गरिएको उनले बताए उनले पताए । अब दैलेखको दक्षिण तर्फबाट सदरमुकाम सवार हुने यात्रुुबाहक बस मालबाहक साधनहरु पुष्पलाल मध्यपहाडी रुट प्रयोग गर्नुपर्ने, बजार क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन, गाडी पार्किङ, सदरमुकामका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न बजार क्षेत्रमा सवारी पार्किङका गर्ने नपाइने भएको छ ।
बजार क्षेत्रमा पार्किङ्ग गरेका थाह पाए कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुमेश्वर शाहाले बताएका छन् ।
उनले जनकारी दिए अनुसार लाइसेन्स चेकजाँज पनि कडाइ गर्नुपर्ने ट्राफिक नियम जानी–जानी उल्लंघन गर्नेहरुमाथि कडा कारर्बाही हुने ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई ध्यान दिने तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरी र नगरपालिकाले कारबाही गर्ने निर्णय भएको छ । सवारी पार्किङ निषेध गरिएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिवाना गरिने भएको छ । यसअघि सानाठुला सवारीधनीले बजार क्षेत्रका होटल र पसलअघि नै जथाभावी सवारी पार्किङ गर्दै आएकामा यो नियमले केही हद सम्म बजार क्षेत्रको पार्किङ्गमा कमि आउने आशा गरिएको छ ।
यस्तो छ सोमकबार भएको निर्णय ः
खुल्ला प्रेस । १५ मंसिर २०७८, बुधबार ०८:२८