गजल
छन त छ केहि म सङ्ग तर सबथोक छैन ।
तिमी टाडीए देखि निद्रा प्यास भोक छैन ।।
बाँचे जस्तै लाग्दैन पलपल मरि रहेछु ।
डाक्टर भन्नुहुन्छ ठिकै छौ कुनै रोग छैन ।।
भनन म रुँदा तिमी किन हाँसी रहन्छौ ।
यो हाँस्ने ठाउँ हैन यहाँ केही जोक छैन ।।
तिम्रो राजनितीले के बद्लियो के भयो ।
राजनीति नहुने कुनै गल्लि चोक छैन ।।
बखत बहादुर बिष्ट (बिन्दाश)
भैरबी गाउँपालिका रावतकोट, दैलेख

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ५ फाल्गुन २०७८, बिहीबार २०:२४