बिहीवार तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार रू. ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २४५ मा कारोबार भएको चाँदी बिहीवार रू. १५ ले बढेर रू. १ हजार २६० मा किनबेच भइरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५