जिल्ला अधिवेशनमा भण्डारी र रेग्मी प्यानल चुनावी मैदानमा

दैलेख । नेपाली कांग्रेस दैलेखको जिल्ला अधिबेशन शनिबार हुदै छ । सदरमुकाम दैलेखमा हुने अधिबेशनले कांग्रेसको नयाँ जिल्ला कार्यसमिती चयन गर्नेछ ।

कांग्रेसको १४ औ महाधिबेशन अन्र्तरगत क्षेत्रीय र माहधीबेशन प्रतिनीधिहरुको निर्वाचन यस अघि नै सम्पन्न भैसकेको छ । जिल्लाको नयाँ नेतृत्वका लागी नेपाली कांग्रेसको निर्वाचन हुदैछ । अधिबेशनमा सहभागी हुन जिल्लाभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सदरमुकाम दैलेखमा आएकाम छन ।

सस्थापन (देउवा) र सस्थापनईतर(पौडेल) प्यानलबाट आ–आफ्नो समुह बनाएका नेता तथा कार्यकर्ताहरु नतीजा आ–आफ्नै पोल्टामा पार्ने दावी गर्दै दौडधूप गरिरहेका छन ।

कांग्रेसको नयाँ जिल्ला कार्य समितीका लागी दुल्लु नगरपालीकाका मेयर समेत रहेका नेता घनश्याम भण्डारी र मणिराम रेग्मीको प्यानल चुनावी मैदानमा होमिएको छ ।

संस्थापन (शेर बहादुर देउवा) समुहबाट भण्डारी र संस्थापनइतर (रामचन्दै पौडेल) समुहबाट रेग्मीको प्यानल निर्वाचनमा प्रतिस्पर्धाका लागि जुटेको हो ।

घनश्याम भण्डारी सभापति रहेको प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारीको उम्मेदवारी रहेको छ । यस्तै, भण्डारीको प्यानलबाट सह–सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् । याे प्यानलले महिलालाइ भने अघि सारेकाे छैन् । महत्वपुर्णा पदमा महिलालाइ बिस्वास नगर्नु याे पानकाे कमजारी भएकाे एक महिला प्रतिनिधिले बताइन ।

यता रेग्मी सभापति रहेको प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही (चट्टान) र कनक बहादुर सेनको उम्मेदवारी रहेको छ ।

जिल्ला कार्यसमितीको अन्य सदस्य पदका लागि पनि दुई वटै प्यानलबाट बिभीन्न व्यक्तीहरुको उम्मेदवारी दर्ता भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५