दैलेख: भगवतिमाई गाउँपालिकाका बालबालिका रूपान्तरित हुँदै गएको पाइएको छ।बाल प्रायोजन संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना पालिका स्तरीय अनुगमनबाट बालबालिकामा रूपान्तरणको संकेत देखिएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, सोसेक नेपालको आयोजना तथा भगवतीमाई गाउँपालिकाको समन्वयमा पालिका स्तरीय अनुगमन तथा समीक्षा बैठक गरिएको छ । बिहीबार कार्यक्रम लागुभएका विद्यालय तथा पढाइ शिविर, जीविकोपार्जन तथा आकस्मिक सहयोगको प्रत्यक्ष अवलोकन पछि शुक्रवार पालिकामा समीक्षा बैठक गरिएको छ ।
पालिका स्तरीय परियोजना सल्लाकार समितिको समीक्षा बैठकमा अध्यक्षका रूपमा बोल्दै सल्लाहकार समितिका अध्यक्ष तथा भगवतिमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले पालिका र साझेदार संस्थाको साझेदारीता कार्यक्रम नियमित गर्ने प्रतिबद्धता जनाए। उनले भने बालबालिकामा परिवर्तनको सङ्केत देखिन थालेका छन् केही ठाउँमा पढाइ शिविर थप गर्नुपर्ने छ, शिविरका बालबालिकालाई अन्तर पढाइ शिविर भ्रमण गराउनुपर्ने देखिन्छ, अभिवावकहरुलाइ सकारात्मक सन्देश सहितको भेटघाट गर्न सकेमा अझै बालबालिकामा राम्रो प्रभाव पार्न सकिने धारण राखे । उनले थपे अहिलेका बालबालिकाहरूमा नकारात्मक कुराको प्रभाव बढी भएकाले अब विद्यालयमा नैतिक शिक्षा आवश्यक पर्ने र पढाइ शिविरका सहजकर्ताहरूलाई प्रोत्साहन हुने खालका क्रियाकलापमा जोड दिनुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काले यो परियोजना लागु भएदेखि बालबालिकाहरू अनुशासित र क्षमता विकास सँगै बोल्ने विकास भएको अनुगमनका क्रममा पाइएको बताइन् उनले गरिब, जेहेन्दार र न्युनस्तरको बालबालिकाको क्षेत्रमा सहयोग गरेकोमा सोसेक नेपाललाई धन्यवाद दिँदै स्थानीय सरकारले सोसेकसंगको सहकार्यले एक इट्टा थपेको महसुस गरेका छौ।भौतिक संरचनामा गरेको लगानी केही समय पछि समाप्त हुन्छ, मानवीय परिवर्तन सबै भन्दा ठुलो परिवर्तन भएकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्ने सङ्केत गरिन, हिंसाको बिषयम महिला मात्रै पीडित नहुने उनको भनाइ छ ।
परियोजना साझेदार संस्थाको मात्र नभई पालिकाले हाम्रो हो भन्ने मानसिकता राख्नुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । महिला हिंसा, छाउपडी, छुवाछुत जस्ता कुरीतिहरू सबैले त्याग्नुपर्ने उनको धारण छ । सोसेक नेपालले कुरीति कुसंस्कार न्यूनीकरण गर्न लागेको छ। यसमा सबैको सहयोग चाहिएको बताए ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भगवतिमाई गाउँपालिकामा परियोजना लागु छ ।३२ वटा विद्यालय, ३५ वटा बाल विकास केन्द्र, ४७ वटा पढाइ शिविर, ८ वटा बालक्लव तथा सञ्जाल, ८ वटा बालअधिकार समिति, १४ नागरिक समूह, सोसेक नेपाल र परियोजनाको होप प्रक्रियामा ३ हजार ३० जना बालबालिका दर्ता भएको र जसमध्ये २ हजार १ सय ५३ जना बालबालिका स्पोन्सरमा परेका कार्यक्रम संयोजक ललित कुमार खड्काले जानकारी दिए । यो परियोजना भगवतिमाई गाउँपालिकामा २०२२ अक्टोबरबाट सञ्चालित छ । कार्यक्रम लागु भएको वडा ३ को महादेव माध्यमिक विद्यालय, खड्कदेवी आधारभूत विद्यालय बालक्लव, पढाइ शिविर र नम्बर ७ को नेपाल राष्ट्रिय पिपल आधारभूत विद्यालय, बालक्लव, पढाइ शिविरको अनुगमन गरिएको थियो ।
खुल्ला प्रेस । १३ भाद्र २०८२, शुक्रबार १८:०२