दैलेखः सिजाली राजाको गौरव झल्काउने ‘दुल्लु दरबार’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। कर्णाली र सिजा सभ्यताको मौलिकता समेटेर नविन पाण्डेले गीत र भिडियो तयार पारेका हुन्।
निजामती सेवामा सक्रिय पाण्डेले सांगीतिक यात्राको सुरुवात यस गीतबाट गरेका छन्। गीतमा चर्चित गायक चक्र बम, गायिका पूर्णकला बिसी, राजु केसी र इब्सल सन्ज्यालको स्वर रहेको छ।
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय बन्दै गएको यो गीतको भिडियोमा चक्र बम, दिपा शाही, नविन पाण्डे र मिस पवीले अभिनय गरेका छन्। भिडियो चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सिजा सभ्यता र धर्म–संस्कृतिको सुगन्ध फैलाउने प्रयास स्वरूप गीत तयार गरिएको नविन पाण्डेले बताए।
भिडियाे हेर्न यहाँ click गर्नुहाेस ।
खुल्ला प्रेस । ३ बैशाख २०८२, बुधबार २१:३३