बाटोबाट चिप्लीयर एक जनाको मृत्यू

दैलेखः  दैलेखमा चिप्लियर एक जानको मृत्यू भएको छ । विहिबार दैलेख बजारबाट घर फर्किने क्रममा नौमूले गाउँपालिका-८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको बाटोमा पर्ने खेलामा चिप्लिएर खेलामा पर्दा लोहोरे खोलाले बगाएर मृत्यू भएको नौमूले गाउँपालिका-८ का वडाध्यक्ष दिपक हमालले जानकारी दिए ।

जिल्ला सरमुकाम दैलेख बजारदेखि घर तर्फ पैदल जाँदै गर्दा हिजो बिहीबार साँझ झिल्के नजिक भीरबाट चिप्लिएर सोझै लोहोरे खोलामा खसेर खोलाले बगाएको वडाध्यक्ष हमालले बताए प्रत्यक्षदर्शीले जानकारी गराएपछि खोजीमा जुटेको प्रहरी र स्थानीयहरुको टोली विहिबार साँझ करिब ८ किलोमीटर टाढा सिमाडामा रिमालको मृत शव फेला परेको र पोष्टमार्टमका लागि दैलेख अस्पतालमा पुर्याइएको दैलेखका प्रहरी इञ्चार्च डीएसपी किशोर लम्सालले जानकारी दिए । नेपाली सेनामा भर्ती भएका कान्छो छोरालाई सदरमुकामसम्म पुर्याएर फर्किंदा उक्त दुर्घटना भएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५