आफ्नै छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ

दैलेख : आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो ।

पीडित बालिकाकी आमाले दिएको जाहेरी अनुसार मंगलवार राती घरमा सबै जना खाना खाई सुतिसकेको र पीडित बालिकाको आमा समेत घरमा नभएको मौका छोपी ती पुरुषले छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।

आफ्नै नाबालिका छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका ती पुरुषमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योग मुद्धामा ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पुरुषले आफ्नै छोरीमाथी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गर्ने प्रयास गरेको खुलेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५