दैलेख : दैलेखको नारायण नगरपालिका–९ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र विक्रम खड्का विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नन्द वहादुर रावललाई एक सय मतान्तरले पराजित गरे ।
वडाध्यक्षमा निर्वाचित खड्का ५९७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका रावलले ४९७ मत प्राप्त गरे । वडाध्यक्ष निर्वाचित खड्का लामो समय पत्रकारितामा संलग्न थिए । पत्रकारितासँगै सामाजिक काममा समेत सक्रिय खड्का वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यो वडामा सदस्यहरुमा नेपाली काँग्रेसबाटै नेत्र कुमारी थापा मगर, पुर्ण वहादुर रावल, मीना विश्वकर्मा, विष्णु कुमारी सुनार निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यो वडा नेकपा एमालेले जितेको थियो ।
खुल्ला प्रेस । २ जेष्ठ २०७९, सोमबार २०:४५