दैलेख: बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि गोसाइँकुण्ड गाउँपालिका–२, रसुवामा कार्यरत वडा सचिव प्रकाश आचार्य सम्पर्कविहीन भएका छन् । डुवेश्वर गाउँपालिका–५ घर भई हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा कार्यरत आचार्य बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको भन्ने खबर छ ।
त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका, रसुवामा कार्यरत भगवतीमाई गाउँपालिका–१, गन्म निवासी नरबहादुर थापा पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।
सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित निकाय, स्थानीयवासी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई आचार्यका अंकल तुलाराम शर्माले आग्रह गरे । यता भगवतिमाइ गाउँपालिकाका नरबहादुरको पनि खोजि गरिदिन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । आफ्ना सामाजिक संजालबाट खाेजि कार्यको संदेश दिएको देखिन्छ ।
उनिहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा आफुलाई जानकारी गराइदिन तथा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन आफन्तहरुले सामाजिक संजालमा लेखेका छन् ।




खुल्ला प्रेस । ११ भाद्र २०८३, बिहीबार ०८:१५