परम्परागत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख ः परम्परागत स्वास्थ्यकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कर्णाली प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७८÷०७९ को लागि परम्परागत स्वास्थ्यकर्मीहरू सँग अन्तरक्रिया शीर्षकमा विनियोजित बजेटबाट जिल्लाका ४० भन्दा बढी परम्परागत स्वास्थ्यकर्मीहरू सँग अन्तरक्रिया गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख राम प्रसाद महत्तोले जानकारी दिएका छन् ।
जिल्ला सदरमुकामबाट पश्ञ्चिममा पर्ने आठविस नगरपालिकामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा ।प्रज्ञा उपाध्यायले स्थानीय स्तरमा उपलब्ध भएका जडीबुटी प्रयोग गरेर परम्परागत स्वास्थ्यकर्मीहरुले गरेको उपचारको प्रशंसा गरिन् उनले भनिन् ‘परम्परागत स्वास्थ्यकर्मीहरुले नै हरेक उपचार गर्ने गरे पनि आवश्यक ज्ञान नहुँदा समस्या पर्ने गरेको सन्दर्भमा आयुर्वेद स्वास्थ्य केन्द्रले त्यसमा सहकार्य गर्ने बताइन्’ ।
उक्त कार्यक्रममा सहभागीहरूले आफूहरूले परम्परागत रूपमा गर्दै आएको उपचार विधि नै उत्तम भएको भन्दै आफूहरूलाई नयाँ ज्ञान सिपबारेमा कम जानकारी भएको बताएका छन् । उनीहरूको भनाई थियो अहिले अस्पतालमा गएर लाखौँ रुपैयाँ खर्च हुन्छ हामीले पहिले गाउँमा सहयोगको रूपमा बनमा पाइने जडीबुटी कुटेर नै धेरै बिरामीहरूलाई निको बनाएका थियौ र अहिले पनि कतिपयले गाउँमा बिरामी पर्दा अस्पताल भन्दा पहिले हामीहरूकै खोजी हुने गर्छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५