दैलेखः दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबार देखि विद्यालयहरूमा विधार्र्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघहरूलाई विद्यार्र्थी भर्नाको वातावरण तयार गर्न आग्रह गरिएको थियो । पुनः सोमबार दुल्लु नगरपालिका शिक्षा शाखा प्रमुख बरीष्ठ शिक्षा अधिकृत बिकाशजगं शाहीले अर्को बिज्ञप्ती जारी गर्दै मंगलबार देखि शिक्षक महांसघ राष्ट्रिय समितिको आहानमा सामुदायिक बिधालयका शिक्षक, कर्मचारीहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि भई बिद्यालय सञ्चालन नहुँदा बिद्यार्थी भर्ना लगायत महत्वपुर्ण कार्यहरु हुन सकिरहेका छैनन ।
यस सम्बन्धमा बिद्यालयमा नियमित सिकाई क्रियाकलाममा सहभागि हुन पाउने बालवालिकाहरुको हकलाई मध्यनजर गर्दै सोसेक नेपाल अन्तरगत हातेमालो परीयोजना दैलेखको आर्थीक सहयोग तथा रिभरेन्ट कम्प्यूटर इन्स्टिच्यूट दुल्लु दैलेखको प्राविधिक सहयोगमा तयार गरिएको अनलाईन बिधार्थी भर्ना प्रणार्ली (Online Student Enrollment System) मार्फत अभिभावक ज्यूहरुले घरबाटै दुल्लु नगरपालिका भित्र सञ्चालित सामुदायिक बिद्यालयहरुमा बिधार्थी भर्ना गर्न सकिने ब्याहोरा सोमबारको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
उता नेपाल शिक्षक महासङघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाण्डौमा भइरहेको शैक्षिक आन्दोलन लाई अझै सशक्त बनाउने घोषणा गरी रहेको छ । महासङघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा र्पुयाउन भन्दै महासङघले प्रवेश परीक्षा, विद्यार्थी भर्ना,नतिजा प्रकाशन जस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने बताएको छ । महासङघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले तत्काल शिक्षा ऐन ल्याएर मात्र विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने स्पष्ट आफ्नो माग राखेका छन् ।
खुल्ला प्रेस । १६ बैशाख २०८२, मंगलवार ०८:३४