जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

दैलेख: दुल्लु नगरपालिका-१ का नरेश खड्काले  आफ्नो जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । समाजसेवी शिक्षक नरेश खड्काले आफ्नो ३० ‌औँ जन्मदिनको उपलक्षमा गरिब जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन ।

साहित्यकार तथा समाजसेवी खड्काले शुक्रवार एक कार्यक्रमका बिचमा गरिब विपन्न परिवारका जेहनदार १० जना विद्यार्थीलाई एक शैक्षिक बर्षभरी पुग्ने कापी, कलम, किताब र पोसाक लगायतका शैक्षिक सामाग्रीहरू सहयोग गरेका छन् ।

दुल्लु नगरपालिका- २ मा रहेको भानेश्वर माध्यमिक विद्यालयका १० जना विद्यार्थिहरुलाई शैक्षिक सामाग्री दिएको विद्यालयका प्रधानाध्यापक ललित प्रसाद पोखरेलले जनाकारी दिए । उनले पहिले आफूले पढाएको विद्यार्थीले अहिले विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दा खुसी भएको बताए । गरिब विद्यार्थीलाई एक वर्षको लागि दिएको सहयोग अति राम्रो भएको सहयोगका कार्यक्रम सबैले गर्नुपर्ने बताए ।

समाज सेवाको भावना अनुसार खड्काले यस अघिको वर्षमा त्यही विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

गाउँ समाजमा रहेका गरिब विपन्न परिवारका बालबालिकाले कापी कलम पुस्तक ,पोसाकको  अभावले पढ्ने अधिकारबाट वञ्चित नहुन र विद्यालयमा आए  र पढ्नुपर्छ भन्ने भावना अनुसार जेहेन्दार विद्यार्थीमा जस्तोसुकै अवस्थामा रहिराखोस् भनि आफूले सक्ने सहयोग गर्दै आएको शिक्षक खड्काले बताएका छन्।

साथै समाजलाई अगाडि बढाउन, प्रगतिशील बनाउन आजका बालबालिका माथिको लगानी र संरक्षण आवश्यक छ। म पढेर केही गर्छु भन्ने सपना देख्ने बालबालिकालाई सक्ने साथ सहयोग दिएर हौसला दिनु एक गुरु र सभ्य नागरिकको कर्तव्य रहेको भनाइ छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५