दैलेखः भैरवी गाउँपालिकामा शाहिरिक अपाङ्गता परिक्षण घुम्ति शिविरबाट 91 जनाले सेवाद लिएका छन् ।भैरवी गाउँपालिकास्थित हिमालय मावि डाडीमाडीमा शनिबार सञ्चालन गरिएको शिविरमा ९१ जनाले प्रत्यक्ष लाभ लिएका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजना तथा भैरवी गाउँपालिकाको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो। शिविरलाई बि.एन.बि. हस्पिटल, सोसेक नेपाल अन्तर्गत “हातेमालो” परियोजनाको संयुक्त रूपमा साझेदारी गरेका थिए।
शिविरको उद्धघाटना गर्दै भैरवी गाउँपालिका उपाध्याक्ष देवि भण्डारीले भनिन,“आर्थीक अवस्था कमजोर भएका बालवालिका र अन्य ब्यक्तिलाई बाहिर उपचार गर्न जाँदा धेरै खर्चिलो हुने भएकाले नागरिकलाई सहज सेवा दिने उद्देश्यले गाउँमै शिविर सञ्चालन गरिएको बताउँदै सहयोगी संस्थाहरूलाई धन्यवाद दिइन्।”
कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीका अनुसार शिविरमा आगोले पोलेर अङ्ग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बाङ्गा भएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बाङ्गो वा कुप्रो भएका, जोर्नी दुख्ने वा सुन्निने समस्या भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
यसैविचमा भैरवी गाउँपालिका–५ का वडा अध्यक्ष रत्न बहादुर थापाले नागरिकको पिडालाई मलमपट्टी गर्नको लागि गाउँपालिका,सोसेक नेपाल र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको समन्वयमा गाउँमै शिविर सञ्चालन गरेको जानकारी दिए । उनले गाउँमा बसोवास गर्दै आएका अपाङ्गता भएका ब्याक्तिको उपचार सँगै पहिचान पनि गरीने प्रतिवद्धता जनाए ।

शिविरमा आगोले पोलेर अङ्ग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बाङ्गा भएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बाङ्गो वा कुप्रो भएका, नाक,कान र जोर्नी दुख्ने वा सुन्निने समस्या भएका व्यक्तिहरूको विस्तृत स्वास्थ्य परीक्षण गरियो। शिविरमा नाक र कान सम्वधि ४५ जनाले सेवा लिएको भैरवी स्वास्थ्य शाखा प्रमुख शमसेर बिष्टले जानकारी दिए ।
उक्त शिविरमार्फत ९१ जना अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूले सेवा तथा सुविधा प्राप्त गरेका थिए । तीमध्ये १० जना अपाङ्गता भएका बालबालिकालाई थप उपचार तथा पुनर्स्थापनाका लागि सुर्खेतमा रिफर गरिएको छ । साथै, १० जनालाई अपाङ्गता भएका व्यक्तिहरूलाई बैसाखी, ह्विलचियर, स्टिक, एल्बो क्रच लगायतका सहायक सामग्री वितरण गरिएको छ, त्येसैगरी ३० जना मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई काउन्सिलिङ सेवा प्रदान गरिएको साझेदार संस्था सोसेक नेपालले ज्वाला सन्देशलाई जानकारी दिएको छ ।



खुल्ला प्रेस । २७ बैशाख २०८३, आईतवार ०९:२८