नौमूले १ काे वडाध्यक्षमा कांग्रेसका रुपेशकुमार थापामगर विजयी

दैलेख : दैलेखको नौमूले गाउँपालिका–१ को वडाध्यक्षमा रुपेशकुमार थापामगर विजयी भएका छन् । उनले चार सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा नेपाली कांग्रेसकै लालबहादुर हमाल र भुवन शाही विजयी भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी करिमा सुनार विजयी भएकी छन् । दलित महिला सदस्यमा नरमा सुनार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५