सुर्खेतमा बन्दकर्ताले जलाए एमाले कार्यालय

सुर्खेतः एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले  नेकपा एमालेको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५