बास दैलेख शाखा पुनर्गठन, अध्यक्षमा हिक्मत बुढा

दैलेखै: बास नेपाल दैलेख शाखा पुनर्गठन गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास) नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीको विशेष उपस्थितिमा दैलेख शाखा पुनर्गठन गरिएको हो ।

सुशासन र भ्रष्ट्राचारको क्षेत्रमा काम गर्दै आएको संस्थाले दैलेख लगायत ७७ वटै जिल्लामा काम गर्दै आएको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको क्लब जिल्लामा पछिल्लो समय निष्क्रिय भएको भन्दै शाखालाई पुनः गठन गरिएको पूर्व अध्यक्ष मन भण्डारीले बताए ।

उनले भने– जिल्लामा पुराना साथीहरू हुनुहून्थो समय अनुकूलता अनुसार साथीहरू काम विशेष अहिले टाढिनु भयो उहाँहरूले टाइम दिन नसकेपछि शाखालाई पुनर्गठन गठन गर्नु परेको हो, यो टिम जिल्ला सदरमुकाममै बस्ने भएकोले सक्रिय रूपमा लाग्ने अपेक्षा गरेका छौँ । हामी सधैँ भ्रष्ट्राचार अनियमितता विरुद्ध आवाज उठाउँछौँ ।

मङ्गलवार सदरमुकाम दैलेख बजारमा भएको एक कार्यक्रमका बिच नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा हिक्मत बुढा, उपाध्यक्षमा गीता खत्री, सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा बविता प्याकुरेल, कोषाध्यक्षमा, अनु थापा, सदस्यहरू जङ्ग बोगटी, टिका बुढा, पदम रावल, संगिता शाही, मनीषा थापामगर तिला थापा मगर सहित ११ सदस्य समिति गठन गरिएको छ । कार्यक्रम समापन गर्दै बास दैलेखका नव अध्यक्ष हिक्मत बुढाले सबैलाई धन्यवाद दिएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५