थप १४३ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३३३ जनाको नमूना परीक्षणमा १४३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट दुईजनामा संक्रमण देखिएको छ । सोहि अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ संक्रमितको मृत्यु भएको छ। ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या  ७ हजार ७१३ रहेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५