दैलेखः नेकपा माओवादी केन्द्र दैलेखको पार्टी सचिव समेत भई सकेका छवि सुबेदी नौमुले गाउँपालिकाको पालिका सभापतिमा निर्विरोध मनोनीत भएका छन् ।
लामो समयदेखि कम्युनिस्ट राजनीति गर्दै आएका सुबेदी माओवादी केन्द्र जिल्ला कार्य समिति दैलेखले गरेको निर्णय अनुसार उनी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् । नौमुले गाउँपालिका–६ स्थायी घर भएका सुबेदी पार्टी भित्र बौद्धिक, शालीन, कुशल सङ्गठन व्यक्तिको रूपमा परिचित उनी कलिलै उमेरमा कम्युनिस्ट राजनीतिमा होमिएका नेता हुन्, २०५० सालदेखि नेपाल मजदुर किसान पार्टी दैलेखको सक्रिय सदस्य भई पार्टीमा सक्रिय रूपमा लागे सङ्गै देशको बदलिँदो परिस्थिति अनुरूप देशमा माओवादीको उदय भय सङ्गै माओवादी पार्टीमा प्रवेश गरे,२०५८ सालमा पार्टीको पूर्णकालीन सदस्य रहेका उनी भूमिगत समयमा प्रवासमा रहँदा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग नजिक रही काम गर्दै आएका सुबेदी,२०७१ सालमा माओवादी केन्द्र दैलेखको पार्टी सचिव समेत रहेका थिए ।
कर्णाली प्रदेश बुद्धिजीवी सङ्गठनको योजकको रूपमा रही काम गर्दै आएका सुबेदीलाई पार्टीले पालिका सभापतिको रूपमा मनोनीत गरेसङै पार्टीभित्र थुप्रै नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । लामो समय पार्टीको जिल्ला स्तर प्रदेश स्तर र प्रवासमा समेत राजनीति गर्दै आएका नेतालाई पालिकामा पार्टीले सुबेदीलाई सभापति बनाउने निर्णय सँगै सामाजिक सञ्जालमा प्रकाश अधिकारीले दुःख व्यक्त गरेका छन् ।
बौद्धिक शालीन पुरानो नेताको छवि बनाएका सुबेदी, पार्टीले उनको कामको जिम्मेवारी, कार्यक्षमता, लगानी अनुसार जिल्ला अर्थात् प्रदेशमा मनोनीत गर्नुपर्ने नेतालाई पालिकामा खुम्चाउनुमा माओबादी पार्टी भित्र फरक ढङ्गले हेर्न थालिएको छ ।
खुल्ला प्रेस । ५ मंसिर २०७८, आईतवार २०:४८