स्ववियु निर्वाचनको तयारीका लागि निर्देशन

दैलेख: जिल्लाको दुल्लु नगरपालिकाको द्रोणाचल शिक्षा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान २०७८ अन्तर्गत द्रोणाचल शिक्षा क्याम्पस दुल्लु दैलेखमा जीवन कुमारी थापाको अध्यक्षतामा क्याम्पस कमिटी गठन भएको छ ।
आइतबार भएको कमिटीमा उपाध्यक्षस् बिन्दु खड्का, सचिवस् नीति शाह सहसचिव डिल बहादुर केसी सहसचिव  पवित्रा बानियाँ सहसचिव लक्ष्मि वनसन्यासी कोषाध्यक्ष  मञ्जु आचार्य लगायत २५ जनाको क्याम्पस कमिटी गठन गरिएको अनेरास्ववियु दुल्लुले जानकारी दिएको छ ।
अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य नवीन कुमार योगीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रम बोल्दै प्रमुख अतिथिले देशै भरी सदस्यता वितरण र सङ्गठन बिस्तार अभियान अन्तर्गत दुल्लुको क्याम्पसमा पनि कमिटी गठन गरिएको र अनेरास्ववियु अन्यायमा परेकाहरूको न्याय मूर्ति ,राष्ट्रियताको पहरेदार, प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगी, दिन दुखी रोग, भोग र शोकमा परेकाहरूको सारथिका रूपमा काम गरेको बताए । उनले भने विद्यार्थीका हक, हित र अधिकारलाई स्थापित गर्न विगत देखी वर्तमान सम्म लागि परेकाले नव निर्वाचित कमिटीलाई विद्यार्थीको बिचमा क्याम्पसमा देखिएका विकृति विसङ्गति र अन्यायमा परेका विद्यार्थीको हितमा काम गर्दै स्ववियु निर्वाचन जित्ने गरी लाग्न निर्देशन समेत दिए ।
कार्यक्रम अनेरास्ववियु दैलेखका सदस्य पुष्कर उपाध्याय, अनेरास्ववियु दैलेखका सचिवालय सदस्य द्वय मुकुन्द थापा र रमेश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५