रवि लामिछाने थप १३ दिन हिरासतमा बस्ने

काठमाडौँः कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासले आइतबार १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले २५ दिन थुनामा राख्न अनुमति माग गरी लामिछानेलाई अदालतमा पेस गरेको थियो। लामिछानेका कानुन व्यवसायीले थुनाबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ।

कास्कीको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान सकिएपछि लामिछानेलाई रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न बुटवल लैजाने तयारी प्रहरीले गरेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणकै अनुसन्धानका क्रममा रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै नियन्त्रणमा छन्। नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक बन्जाडे असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए।

उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसञ्चालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ।

अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५