सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरको एक होटेलबाट श्रम शोषणमा परेका बालकको उद्धार गरिएको छ ।
सोसेक नेपाल दैलेखको सहयोगमा दैलेखको गुराँस गाउँपालिका ६ का १५ बर्षका बालकको उद्धार गरिएको हो ।
वीरेन्द्रनगर -११ स्थित अंकित होटलमा काम गरिरहेको अवस्थामा उनलाई उद्धार गरिएको गुराँस गाउँपालिकाका बालकल्याण अधिकारी राजु खत्रीले बताए ।
स्थानिय बालअधिकार समिति गुराँसले होटलबाट उद्धार गरी पुनर्स्थापना गर्नुका साथै आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालय भर्ना गरेको छ । साेसेक नेपालको सहयोगमा बालकल्याण अधिकारी राजु खत्री तथा गुराँस -६ का वडा अध्यक्ष चन्द्रबहादुर रानाले उनको उद्धार गरेका हुन् ।
जोखिममा रहेका बालक कक्षा ६ मा अध्ययन गर्छन् । उद्धारपछि उनलाई आवश्यक पर्ने कापी, कलम तथा विद्यालय पोशाक समेत प्रदान गरि घर फर्काईएको बताइएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्रगत धारा ३९(४) विपरित उनलाई काममा लगाइएकोले उनको उद्धार गरिएको खत्रीले बताउनुभयो ।




खुल्ला प्रेस । १ भाद्र २०८०, शुक्रबार ०६:४३