भगवतिमाईमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

ज्वाला माध्यमिक विद्यालय वेस्तडाका छात्रा तपस्या अधिकारी प्रथम

कृष्णकमल अधिकारी
दैलेखः भगवतीमाई गाउँपालिकामा ”समावेशी तथा गुणस्तरीय शिक्षा आजको आवश्कता” भन्ने शिर्षकमा निबन्ध लेखन प्रतियोता गरिएको छ । भगवतीमाई गाउँपालिका बालसंजालका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता तथा भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाको प्रमुख आतित्यतामा आइतबार प्रतियोगिता गरिएको हो ।
भगवतीमाई गाउँपालिका बाल संजालको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सोसेक नेपालको आर्थिक सहयोग तथा भगवतीमाई गाउँपालिकाको समन्वयमा माध्यमिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको बाल संजालका अध्यक्ष लक्ष्मि थापाले जानकारी दिइन् ।
थापाका अनुसार भगवतीमाई गाउँपालिका भित्रका ८ माध्यमिक विद्यालयबाट १५ जना छात्रा, छात्रको उपस्थित रहेको थियो । बाल सहभागीता, समावेशीकरण तथा विद्यार्थीहरूको लेखन सीप क्षमता वृद्धि गर्ने उद्देश्यले बालसंजाल मार्फत निबन्ध लेखन प्रतियोगिता राखिए थियो । भगवतिमाइ गाउँपालिकामा बालसंजालले बक्तित्वकला लगाएतका अन्य कार्यक्रम गर्नेगरी कार्ययोजना बनाइ विभिन्न समयमा फरकफरक कार्यक्रम गन्ने गरेको बालसंरक्षण सामाजिक परिचालक मोतिकला शाहीले बताइन ।
प्रतियोगितामा ज्वाला माध्यमिक विद्यालय वेस्तडाका छात्रा तपस्या अधिकारी प्रथम, भैरव माध्यमिक विद्यालयका खोरका छात्र भरत खड्का दितिय, भैरव माध्यमिक विद्यालय खोर छात्रा मिना बि.क तृतिय र जनता माध्यमिक विद्यालय रुमका छात्रा सरीता रावल सान्त्वना भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि तथा भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले गुणस्तरीय शिक्षाको लागि यस्ता खालका प्रतिस्पर्धा गर्ने पर्ने बताए उनले भने– असल विद्यार्थी असल अभ्यास लगायतमापनि प्रतिस्पर्धा गगर्नुपर्छ, अब विद्यार्थीमा मात्रै हैन शिक्षकहरूमा पनि पर्तिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । हामीले त्यो गर्ने गरेका छौँ। विद्यालय बिद्यालय बिच, विषय–विषय बिच प्रतिस्पर्धा गरेर हरेको क्षेमता विकास गर्नुपर्छ ।
कार्यक्रमको समापनमा बोल्दै भगवतिमाई वालसंजालका अध्यक्ष लक्ष्मी थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएकी छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५