सुर्खेत : नेकपा (माओवादी केन्द्र) ले कर्णली प्रदेश सरकारमा आफ्नो सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ । माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको बिहीबार बसेको बैठकले सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने निर्णय गरेको हो ।
यसका लागि निर्णय गर्ने जिम्मा दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । गठबन्धन दलहरुसँग छलफल गरी सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चितता कायम हुने गरी दलका नेता शाहीले निर्णय लिने प्रमुख सचेतक विष्टले बताए ।
सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले आफुहरुको सहभागिता सम्मानजनक हुनुपर्ने उनको भनाई छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले चार वटा मन्त्रालय दाबी गर्दै आएको छ । मन्त्रालय भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।
अहिले नेकपा (एकिकृत समाजबादी) का चन्द्रबहादुर शाही मात्रै मन्त्रीमा नियुक्त भएका छन् । उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । (फरकबाटाे)
खुल्ला प्रेस । २ मंसिर २०७८, बिहीबार १९:११