भरुवा बन्दुक सहित नाैमुलेका एक जना पक्राउ

दैलेख : दैलेखमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । प्रहरीले नौमूले गाउँपालिका वडा नंं. १ धनीगाउँका २७ बर्षीय नबिन शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नौमूलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले शाहीलाई बन्दुक सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार शाहीको घरमा अवैध रुपमा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खानतलासी गरिएको थियो । खानतलासीका क्रममा शाहीले घरमा लुकाईछिपाई राखेको अवस्थामा एक थान एक नाले भरुवा बन्दुक फेला परेको प्रहरी निरीक्षक सुनारले बताए ।

उक्त बन्दुक बरामदगर्नुका साथै शाहीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई शाहीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धा चलाईएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । उनका अनुसार शाहीमाथी थप अनुसन्धान थालिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५