एमालेले सबै जिल्लामा एकजना आइटी विज्ञ राख्ने

काठमाडौंः नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ ।

नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने र सदस्यता अद्यावधिक गर्ने गरि नयाँ योजना बनाइएको छ ।

एमालेले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५