कृषि विकास कार्यालय दैलेखले गर्यो कृषकलाई सम्मान

दैलेखः कृषि विकास कार्यालय दैलेखले कृषकहलाहरुलाई सम्मान गरेको छ । बुधवार कृषि विकास कार्यालयको हलमा जिल्लाका ५० जना कृषकहरूलाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो ।
व्यावसायिक रूपमा कृषि गर्ने जिल्ला भित्रका कृषकहरू उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अनुसार कृषकलाई दोसलाह, प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । उनका अनुसार कृषकहरूको हौसला बढाउन र कृषि पेसालाई सम्मानित बनाउनका लागि पुरस्कृत गरिएको हो । उनले प्रोत्साहन स्वरूप ५जना कृषकलाई १० हजार ४१ जना कृषकलाई १५ हजार,४जना कृषकलाई २० हजार नगद सहित सम्मान गरिएको बताए ।
कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले कृषकलाई प्रोत्साहन गर्दै व्यावसायिक उत्पादनमा जोड दिन सबैलाई आग्रह गरे । शर्माले भने कृषि विकास कार्यालयले कृषकहरूलाई पुरस्कार वितरण गर्दा किसानमा हौसला बढ्ने र होसलाले उत्पादनमा वृद्धि हुने बताए। सबै किसानलाई व्यावसायिक रूपमा लाग्न समेत उनले आग्रह गरे । नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै लगानी गरेको समेत उनले बताए ।


पुरस्कार पाउने सम्पूर्ण कृषकहरूबाट आफ्नो भनाई राख्दै कृषक सरिता थापाले पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको बताइन् । उनले भनिन् हामी जति सुकै हुने खाने वर्ग भए पनि कृषि नगरेर हुँदैन । कृषि प्रदान देशमा सबैले कृषि गरौँ देश विकासमा टेवा पु¥यायौँ, म सबैलाई कृषि गर्न आग्रह गर्छु उनले भनिन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले आगामी दिनहरुमा पनि कृषक लक्षित कार्यक्रम हुनुपर्ने बताए । कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले जानकारी दिए ।
कार्यक्रमको समापनमा बोल्दै कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले सरकारका कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने र सकारात्मक कुराको अनुसरण गर्नुपर्ने बताए । उनले भने पुरस्कारका लागि आफ्ना फाईलहरू कृषकहरूले धेरै पठाउनु भएको थियो जसमध्येबाट ५० जना पुरस्कृत हुनुभएको छ अन्य कृषकहरुलाई पनि व्यवसायीक कृषक बन्दै आफ्ना उत्पादनहरु बढाउन आग्रह गर्दछु तपाईँहरू सबैले दैलेख जिल्ला तरकारी लगायत कृषिमा आत्म निर्भर बनाउनुपर्छ उनले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५