विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

दैलेख ः दैलेखमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना र महेन्द्र जयदेवी माध्यमिक विद्यालय दुल्लु नगरपालिका–६ छिउडीपुसाको समुन्वयमा उक्त विद्यालयमा आइतबार कार्यक्रम भएको हो ।
माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन कर्णाली प्रदेश सरकारको कार्यक्रम अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम छिउडीपुसाकोटमा सम्पन्न गरेको छ ।
आइतबार सम्पन्न भएको कार्यक्रमा महेन्द्र जयदेवी माध्यमिक विद्यालयका करीब ९० जना विद्यार्थी सहित शिक्षकहरुको सहभागीता थियो । कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैलीको बारेमा जानकारी गराईएको स्वास्थ्य केन्द्र दैलेखका कविराज नन्दा शाहीले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारको कार्यक्रम अनुसार जिल्लाका ३ वटा विद्यालयमा यो कार्यक्रम हुने छ ।

जस अनुसार आइतबार छिउडीमा कार्यक्रम सम्पन्न भएको छ । बाँकी २ बटा विद्यालयमा पनि मंसिर महिना भित्रै कार्यक्रम गरिने स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५