वेस्तडामा खेलकुद महोत्सव हुँदै, दैलेखमा हालसम्मकै ठुलो धनराशिको पुरस्कार

कृष्ण अधिकारी

दैलेख: भगवतीमाई गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । ‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भगवतीमाई गाउँपालिकामा खेलकुद महोत्सव २०८१ सञ्चालन हुने भएको हो ।

भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक ७ गते देखि ११ गते सम्म  अन्तर पालिका स्तरीय खेलकुद महोत्सव हुन खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले बताए ।

भगवतीमाई गाउँपालिका प्रवर्धक रहेको खेलकुद महोत्सवको बारेमा मङ्गलवार दैलेख सदरमुकाम पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । पत्रकार सम्मेलन मार्फत गराइएको जानकारी अनुसार जिल्लामा अहिले सम्मकै बढी पुरस्कार राशि राखिएको छ । मुख्य दुई विधामा सञ्चालन हुने खेलकुदमा खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार तिन लाख रुपैयाँ राखिएको आयोजकले बताएको छ ।

विजयादशमी तथा शुभ दिवपालिको पावन अवसरमा खेलको संरक्षण एवं प्रवर्धन गर्नेको लागि जिल्लामा अहिले सम्मकै ठुलो धनराशि रहेको छ । यस खेलकुदमा सहभागिताको लागि ७५३ वटै पालिकाहरूलाई खुल्ला रूपमा आमन्त्रण गरिएको छ । प्राय जिल्लामा सजिलै खेलाइने खेल तथा नेपालको राष्ट्रिय खेल भएकाले भलिबललाई प्राथमिकता दिए पनि सँगसँगै अन्य खेलकुदका कार्यक्रम पनि संचानल गरिने खेलकुद समितिले जनाएको छ । प्रतियोगी टिमले खेलाडीको क्षमता विकास र खेलको स्तरोन्नति गर्नका लागि आफ्नो पालिका बाहेकका राष्ट्रिय स्तरका ३ जना खेलाडीहरूलाई आफ्नो पालिकामा सामेल गर्न पाउनेछन् ।

खेलकुद महोत्सवबाट खुल्ला पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल गर्नेले ३ लाख नगद मेडल,कप र प्रमाण पत्र पाउने छन् । दृतिय स्थान हासिल गर्नेले १ लखा ५० हजार नगद मेडल,कप र प्रमाण पत्र तृतीय हुने दुई टिमले ५०÷५० हजार नगद मेडल,कप र प्रमाण पत्र पाउने जानकारी छ । उत्कृष्ट बिधातर्फः सर्वोत्कृष्ट खेलाडीले २५ हजार , वेस्ट स्पाईकले १० हजार, वेस्ट सेटर १० हजार, वेस्ट मिड व्लकरलाई १० हजार, वेस्ट लिवेरोलाई १० हजार वेस्ट  कोचलाई १० हजारको व्यवस्था गरिने छ । सटफुट (छेलो)तर्फ ः प्रथम पुरस्कार १० हजार, दृतिय पुरस्कार ६ हजार  तृतीय पुरस्कार ३ हजार ५ सय राखिएको छ ।

खेलकुद महोत्सव गर्न करिब १९ लाख लाग्ने अनुमान गरिएको छ । भगवतीमामा हुने खेलकुद महोत्सवमा जिल्ला खेलकुद विकास समितिले पनि सहयोग गर्ने जनाइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५