एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो

काठमाडौँ : एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको छ । सचिव योगेश भट्टराईका अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार ३ सय २७ जना प्रतिनिधि हुनेछन् । यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो ।

सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् ।

त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।कूल सदस्यको ५ प्रतिशत मनोनित १ सय ३ जना गरी महाधिवेशनमा २ हजार ३ सय २७ जनाको प्रतिनिधित्व हुने जनाएका छन् ।

हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५