एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् ।

उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरि सकिएको बताए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले घिसिङलाई कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी गराएका थिए । साथै अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठुलो समस्या भोगिरहेको कुरा पनि घिसिङ समक्ष राखेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५