दैलेख: बास नेपाल दैलेख शाखाको ७औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।करिब २३ वर्ष देखि निरन्तर रूपमा सामाजिक रूपान्तरण क्रियाशील रहेको बास नेपालले ७७ वटै जिल्लामा शाखा बिस्तार गरेको छ ।
दैलेखमा स्थापना भएको शाखा केही समय निष्क्रिय भए पनि २ वर्ष यता दैलेखमा सक्रिय रूपमा आफ्ना गतिविधिहरू गर्दै आएको छ । शनिवार बास दैलेखका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैर सरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष डिलकुमारी चन्द भएको बास दैलेखले जानकारी दिएको छ ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि डिल कुमारी चन्दले बासले गरेका कामको प्रशंसा गर्दै समाजमा विभेद धेरै रहेको बताइन् । समाजमा भएका यस्ता विभेद हटाउन सबै सङ्घ संस्थाले हातेमालो गर्नुपर्ने बताइन् ।
उद्घाटनशत्रको समापनमा बोल्दै अध्यक्ष बुढाले बास नेपालले जिल्लामा रहेर गर्ने हरेक काममा सबैको सहकार्य गर्दै कुराको विश्वास दिलाए । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा धेरै काम गर्नु पर्ने भए पनि केही छुटेका काम नयाँ कार्यसमितिले गर्ने बताए ।
उक्त कार्यक्रममा पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमर सुनार, बास नेपालका केन्द्रीय पूर्व अध्यक्ष मन भण्डारी लगायतले शुभकामना दिएका थिए । बास नेपालको अधिवेशनसँगै भएको बन्दशत्रले ११ जनाको कार्यसमिति सर्वसहमतीमा चयन गरेको छ । दैलेख बजारमा भएको कार्यक्रमले अध्यक्षमा कृष्णप्रसाद अधिकारी, उपाध्यक्षमा गीता कुमारी खत्री, सचिवमा ललित थापा, सहसचिवमा जङ्ग बोगटी, कोषाध्यक्षमा प्रकाश शाही, सदस्यहरूमा संगिता शाही, सुशील कार्की, गणेश प्रसाद शर्मा, गोविन्द प्रसाद रेग्मी, सुहाना घर्तीमगर र हेमराज न्यौपानेलाई चयन गरेको छ ।
नयाँ कार्यसमितिलाई पूर्व केन्द्रीय अध्यक्षले बधाई तथा सुभकामनका दिँदै बासको बारेमा जानकारी गराए ।
खुल्ला प्रेस । ५ माघ २०८१, शनिबार २०:२३