छोरी बलात्कार गर्नेलाई ३३ बर्ष कैद

दैलेखः १७ बर्सिया आफ्नै छोरी बलात्कार गर्ने एक जनालाई ३३ वर्ष कैद सजाय सुनाइएको छ । आफ्नै छोरी बलात्कार गर्ने ५० वर्षका एक जनालाई ३३ वर्ष कैद भएको हो ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपाने जानकारी दिए ।
गएको चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।
फैसला तीन लाख रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपाने जानकारी दिए । उनका अनुसार बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ । दैलेखमा चैतदेखि जेठसम्म तीन महिना अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चार वटा मुद्दा प्रहरी मार्फत अदालत पुगेका छन् ।
सोमवार भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सरकारवादी मुद्दाहरूमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागवादी सहित अदालतमा अभियोग दर्ता गराउने र पीडितको तर्फबाट निःशुल्क बहस पैरवी गरिरहेको छ । यस्ता घटनामा सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले पीडित पक्षलाई उजुरी देखि अदालतको काममा आवतजावत गर्दा सम्म निःशुल्क आवास, मनोविमर्श लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५