दैलेख ः दैलेखमा भएको निःशुलक स्वास्थ्य शिविरबाट दुई हजार भन्दा बढिले विशेषज्ञ सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा भएको निःशुल्क स्वास्थ्य सिविरमा दुई हजार एक सय ५० जनाले सेवा लिएको नारायण नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालयको समन्वय, एनएमबी बैंकको प्रायोजन तथा नारायण नगरपालिकाको आयोजनामा शिविर शुक्रबारबाट सञ्चालन गरिएको थियोे ।
उक्त शिविरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम,मृगी, मानसिक, यौन समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, मुख स्वास्थ्य, प्रसूति सेवासम्बन्धी समस्या, छाला, प्लास्टिक सर्जरी, बालरोग, सम्बन्धी विशेषज्ञहरूद्वारा निःशुल्क परिक्षण साथै निःशुल्क औषधी वितरण गरिएको छ । शुक्रबारबाट संचालन शिविर शनिबार साँझ सकिएको छ ।




खुल्ला प्रेस । १८ मंसिर २०७८, शनिबार २१:३६