काठमाडौं : कर्णाली प्रदेशमा नियमित विद्युत आपूर्तिका लागि कोहलपुर -सुर्खेत -जुम्ला १३२ केभी प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने भएको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने बताएका हुन्।
उनले ऊर्जा निर्यात सम्भाव्यताका आधारमा थप अन्तरदेशीय प्रशारण लाइन निर्माण गरिने बताए। मन्त्री पौडेलले प्रशारण लाइन विस्तार र वितरण आयोजनाका लागि रु १३ अर्ब १८ करोड विनियोजन गरिएको बताए।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १६ जेष्ठ २०८२, बिहीबार १६:५२