कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण गरिने

सुर्खेत: कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।

कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।

हुम्लाको चङ्खेली गाउँपालिका–६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो ।

अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो ।

एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।

अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिएका छन्  ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५