दुल्लु नगरपालिकाले सार्वजनिक जग्गा मिचेका संरचना हटाउने

दैलेख । दैलेखको दुल्लु नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहरा तथा संरचना हटाउने भएको छ । नगरपालिकाले काेही कसैले यस्ताे जग्गामा बनाइएका स‌ंरचना १५ दिन भित्र हटाउन सुचना जारी गरेको छ ।

नगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक जग्गाको अधिक्रमण गरेर घर, टहरा तथा विभिन्न संरचना बनाएर बसोबास गरिरहेको भन्ने जानकारी नगरपालिकाले विभिन्न माध्यमबाट प्राप्त गरेको गरेकोल राष्ट्रिय भूमि आयोगबाट निस्सा प्राप्त गरेका बाहेक नगरपालिकाका विभिन्न स्थानमा बनेका संरचनाहरु १५ दिनभित्र हटाईसक्न नगरपालिकाले सुचना जारी गरेको हो ।

यस्तै नगरपालिकाले तोकिएको समयमा सरकारी जग्गा अतिक्रमसण गरि बनाईएका संरचना नहटाएमा प्रचलितक कानुन बमोजिम कार्वाही गर्ने पनि जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५