सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका- १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले भने, ‘शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

मनिषा आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन् ।  घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।’ खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा  देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।

मनिषाको शरीरको माथिल्लो भागमा कपडा भएपनि तल्लो भागमा कपडा नभएको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको श्रेष्ठले बताए । राताेपाटी

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५