जिवन जिउन नजानेकालाई जिवन जिउन सिकाउछु: शन्तोष खड्का

निर्मल अधिकारी
 दैलेखःगुराँस गाउँपालिका वडा नं १ सिमेसाल निवासी २२ वर्षिय शन्तोष खड्काले आफनो घर नजिकैका अग्ला डाडाहरु भन्दा अग्ला अरु डाडाहरु देखेका थिएनन् । उनी बस्ने घरको बार्दलीबाट तलतिर फर्केर हेर्दा देखिने कर्णाली नदिको गहिरो गल्छि भन्दा अझै गहिरो र समथल भुभाग पनि देखेका थिएनन् ।

आखा वरिपरि देखिने अग्ला डाडाहरु र आफु बसेको भिरालो जमिन बाहेक अरु बेग्लै सन्सार हुन्छ भन्ने सम्म पनि जानकारी नपाएका शन्तोषले प्लेन चढे, २४ घण्टाको लामो यात्रा गरे, आफनो नजिकै देखिने जमिन भन्दा कयौ गुणा ठुला र फराकिला फाटहरु पनि देखे । जब उनी प्लेनमा आफनो यात्रा गर्दै थिए उनलाई महसुस भयो कि म जमिन भन्दा धेरै माथि बाट उडिरहेको छु । मेरो घरनजिकैको पहाड भन्दा अग्ला अरु धेरै पहाडहरु रहेछन् ।
शन्तोष शारीरिकरुपमा अशक्त भएकाले उनी घरवाहिर कहिल्यै जानुपरेन । उनको कम्मर मुनिको भाग चल्दैन् । बाहिर भित्र गर्दा घुडा टेकेर आउने जाने गर्दछन् ।

देव्रेहात चल्दैन् तर पनि उनी मोवाइलमा म्यासेज लेख्न सक्छन् । बोल्न सक्छन् तर बोलि क्लिएर छैन् । उनले बोलेको कुरा राम्रो सँग बुझन सकिदैन् । उनीसँग “क” वर्गको अपाँगता परिचय पत्र छ ।
उनका बुबा आमाले शन्तोषलाई बोकेरै घर भित्र बाहिर गर्ने गर्थे । त्यतिखेर उनी ३ वर्षका थिए । त्यो उमेर देखि नै उनलाई आफु शारीरिक रुपमा कमजोर भएको जानकारी भयो । भाईवहिनीसँग झोला बोकेर विद्यालय जान उनलाई रहर लागथ्यो । आफनो उमेरका साथीहरुले चौरमा खेलिरहेको देख्दा ति खुट्टा नभएर पखेटा भै दिए हुन्थ्यो भन्ने सोच्थे । जहाँ उडेरै पुग्न सकियोस । मनमा वहकिएका कल्पनाहरुलाई हावामा उडाउदै उनी त्यही बार्दलीबाट एकोहोरो हेर्थे जहाँ कर्णालीको गहिरो खोच र घर पारिपट्टीको पहाड मात्र देखिन्थ्यो ।
उनको पढाईप्रतिको रुचि र केही गर्नुपर्छ भन्ने इच्छिा शक्ति देखेर सोसेक नेपालले घरमै शिक्षकको व्यवस्था गरी पढने वातावरण तयार ग¥यो । एक जना शिक्षकले एक वर्ष सम्म उनलाई घरमै पढाए । विद्यालयले घरमै परिक्षा लिने व्यवस्था ग¥यो । घरमै पढेर उनले कक्षा ९ सम्म अध्ययन गरे । उनलाई माथिल्लो कक्षा अध्ययन गर्ने रहर त थियो तर त्यो सम्भावना भएन् । उनले भने, माथिल्लो कक्षामा विषयहरु अप्ठेरा धेरै मेहेनत गर्नुपर्ने अनि स्वास्थ्यले पनि साथ नदिने । गुरुविना शिक्षा प्राप्त गर्न मुश्किल भएकाले इच्छा भएर पनि माथिल्लो कक्षा अध्ययन गर्न सकिन ।
कोरोना भाईरसका कारण लकडाउनको समय थियो । मान्छेको आवात जावत सबै बन्द । त्यतिखेर देखि अनलाईन कक्षाहरु सञ्चालन गरिए । सूचना, प्रविधिमा रुचि राख्ने शन्तोष यस्तै एउटा अनलाईन मार्केटिङ्गमा जोडिन पुगे । दिन दिनै उनी जुम बैठकहरुमा सहभागी हुन्थे । एउटा सानो गाउको एउटा घरमा बस्ने शारीरिक अपाँगता भएको युवा देशभरीको ठुलो नेटवर्कमा जोडिन पुग्यो ।
अनलाईन बैठकहरुको नियमित अभ्यासले गर्दा उनको उचाई थपिदै गयो । सम्पर्क बढदै गयो । अनलाईन मार्केटिगको पहिलो लेवल पार गरेपछि उनलाई सम्मानका लागि काठमाण्डौ जाने अवसर मिल्यो । घरदेखि कोहलपुर सम्म एक्लै गए । त्यहाँका साथीहरुसँग जोडिएपछि काठमाण्डौ पुगे ।

सयौ जना व्यवसायीक व्यक्तिहरुलाई सकारात्मक मोडिभेसन दिए । जोसँग जिवन जिउनका लागि सबै श्रोत साधन र शारीरिक उर्जा छ त पनि उत्कृष्ट जिवन जिउन सकिरहेका छैनन् त्यस्ता व्यक्तिहरुलाई गुणस्तरीय जिवन कसरी जिउन सकिन्छ भनेर सिकाए । आफुले प्राप्त गर्ने अपाँगता भत्ता जोगाएर उनी गाडीमा काठमाण्डौ पुगे र प्लेनमा फर्किए ।
उनको आफनै कम्पनी ‘शन्तोष प्रत्यक्ष विक्रि प्रणाली’ दर्ता गरेका छन् । उनले थपे, मेरो कम्पनी दर्ता गर्न सोसेक नेपालले २० हजार दिएर सहयोग ग¥यो । उनले अहिले त्यहि कम्पनी मार्फत अनलाईन मार्केटिग गरिरहेका छन् ।
अहिले मान्छेहरुले खाद्यान्नको नाममा विभिन्न विषादीहरुको प्रयोग गरिरहेका छन् । त्यो विषादीबाट कसरी मुक्त गर्न सकिन्छ र न्यून आए हुनेहरुको लागि रोजगारको सिर्जना कसरी गर्न सकिन्छ भनेर सोचीरहेको उनले बताए ।
उनले थपे, जो मान्छे म केही गर्न सक्दिन भन्छन त्यस्ता मान्छेहरुलाई सकारात्मक सोचको विकास गर्न सहयोग गर्छु । जसको हात खुट्टा चल्दैन त उसले गरिराछ तर हामी किन गर्न सक्दैनौ भनेर उ मोटिभेट होस भन्ने चाहान्छु ।
आफनै जिन्दगी देखि हार खाएका शन्तोषले पटक पटक आत्महत्या गर्ने प्रयास नगरेका होइनन् । अहिले अरुको आत्महत्या भएको घटना सुन्दा उनलाई लाग्छ यहाँ धेरै जनाले न जिन्दगी बुझेका छन् न उनीहरुलाई जिवन जिउने कला थाहा छ । उनी भन्छन् हामीले जिवन जिउने कला सिकाउन सक्यौ भने धेरै जनाको जिन्दगी अर्थपूर्ण भएर बाच्ने छ । म त्यो बाटोमा छु, मैले विताईरहेको जिन्दगी देखेर हजारौ अरु मान्छेहरुलाई जिन्दगी जिउनका लागि प्रेरणा मिल्नेछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५