पसल फोडेर सामान चोरी गरेको आरोपमा एक युवक पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीका विभिन्न सामान र नगदसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगरको बजार क्षेत्रका गल्लीमा पसेर पसलहरूका ताला फोडेर सामान गर्ने वीरेन्द्रनगर–३ का २८ वर्षीय हिमाल शाहीलाई मंगलबार पक्राउ गरिएको हो।

गल्लीमा रहेका विभिन्न पसलहरूको ताला तोडी पसलहरू चोरी गरी हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले  जनाएको छ।

उनलाई नियन्त्रणमा लिएर चेक गर्दा चोरी भएका सामानहरू र नगदसमेत बरामद गरिएको छ। पक्राउ परेका युवकको साथबाट १२ हजार ४ सय ५५ रुपैयाँ नेपाली र ५ हजार ३३० रुपैयाँ भारु फेला परेको छ।

यस्तै, बच्चाको लागि तयार पारिएका पाँच थान चाँदीको बाला, १ थान ब्रास्लेट, ४ थान सिक्री, विभिन्न डिजाइनका कपडाहरू पनि उनको साथबाट बरामद गरिएको छ। एक थान रेड्मी मोबाइल र सटर तोड्न प्रयोग गरिएको रड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। #उकेरा

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५