भगवतीमाई चिनाउन युवाको तयारी बेस्तडामा टोलीलाई भव्य स्वागत

दैलेखः भगवतीमाई गाउँपालिकालाई विश्व सामु चिनाउन युवाले तयारी थालेका छन् ।

“पर्यटन प्रवर्द्धन तथा कला संस्कृति जगेर्नाका लागि हामी र हाम्रो अभियान” भन्ने मूल नाराका साथ  भगवतीमाई गाउँपालिकाका अभियन्ता र वडा सचिवहरूले टोलीलाई स्वागत गरेका छन् ।

स्वतन्त्र पत्रकार ः डिल्ली राज घिमिरे (डि,आर,जी सुमन) स्वतन्त्र पत्रकार÷समाचार सम्पादक परराष्ट्र मामिला तथा ब्युरो प्रमुख अर्घाखाँची मिडिया हाउस प्रा.लि. ,फैन्स क्लब नेपाल सङ्कल्प काफ्ले इन्जिनियर (अध्यक्ष पि.एस.एम नेपाल) नेत्र बहादुर नेपाली सचिव सहितको टोलीलाई  बेस्तडामा  शनिवार  भव्य स्वागत गरिएको हो ।

स्वागत  कार्यक्रममा बोल्दै अभियन्ता इन्द्रा सिंह रेजीनाले  भनिन् हाम्रो अभियानको मूल उद्देश्य हाम्रा गाउँ–ठाउँमा रहेका पुराना कला संस्कृति, परम्परा र पर्यटनको सम्भावना बोकेका ठाउँको स्थलगत अवलोकन र अनुसन्धान हुनेछ ।

हाम्रो साझा कला संस्कृति, परम्परा जोगाएर भाबी पुस्ता सम्म पुर्‍याउनका लागि गर्नुपर्ने कार्य र चाल्नुपर्ने कदमहरूको अनुसन्धान र खोजी हुनेछ । भोलि गर्न सकिने र गर्नुपर्ने काम हामी आजबाट नै सुरुवात गर्नेछौ । साथै हाम्रा प्राकृतिक सम्पदा र पर्यटकिय क्षेत्रको अवलोकन र सम्भावनाको खोजी गर्ने उद्देश्य रहेको छ ।

त्यस्तै अभियन्ता जनक अधिकारीले दैलेखको भगवतीमाई गाउँपालिका अवलोकन भ्रमण वर्ष ः २०२२ “आन्तरिक पर्यटन प्रवर्द्धन र ऐतिहासिक संस्कृति जगेर्नाका लागि हामी र हाम्रो अभियान” भन्ने मूल नाराका साथ हामी भगवतीमाई गाउँपालिका दैलेखमा अवलोकन र अनुसन्धानका लागि प्रारम्भिक अध्ययन अवलोकन भ्रमणको तयारीमा छौ ।

यस अभिनयमा सम्बन्धित निकाय र स्थानीय तहको आवश्यक साथ, सपोर्ट र सहयोगको अपेक्षा गरिएको छ । स्वदेश तथा विदेश जहाँ रहेता पनि आफ्नो जन्मभूमि प्रति सद्भाव र माया गर्दै यस अभियानमा सहकार्य गर्नुहुने सबै सहयोगी व्याक्तित्वहरुलाई हाम्रो अभियानको तर्फबाट हार्दिक धन्यवाद छ ।

हाम्रो अभियानको मूल उद्देश्य ः हाम्रो गाउँमा रहेका पुराना कला संस्कृति ,परम्परा र पर्यटकीय सम्भावना बोकेका स्थलहरूको अध्ययन अवलोकन र अनुसन्धान गर्नु हो । यसको साथै यस स्थानीय तहमा रहेका ऐतिहासिक महत्त्व बोकेका साझा कलासास्कृती र परम्परालाई संरक्षण गर्दै यसको प्रभाव भावी पुस्तासम्म पुर्‍याउनको लागी तत्काल गर्नुपर्ने कार्यको अनुसन्धान र सुझाव सङ्कलन गर्नु हाम्रो  मूल उद्देश्य रहेको छ ।

हाम्रो गाउँ र समाजमा रहेका परम्परागत संस्कृत तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागी तत्काल स्थानीय समाज र निकायले गर्नुपर्ने कामको विषयमा आवश्यक परामर्श सहित आगामी योजना तय गर्ने गरी हामीबाट नै भावी योजनाको सुरुवात गर्नेछौ ।

हाम्रा परम्परागत मौलिक संस्कृति, प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रको अवलोकन र सम्भावनाको खोजी लगायतका कार्यमा हामी स्थानीय जनता, जनप्रतिनिधि, कर्मचारी लगायतका समाजसेवीको आवश्यक सल्लाह र सहयोगको अपेक्षा सहित अभिनयको परिकल्पना गरिएको छ । यस पटक अभियान्ताहरुको सहभागितामा फागुन १५, १६ र १७ गते सम्म भगवतीमाइक ७ वटै वडामा हाम्रो यात्रा रहने छ

यी हुन यस अभियानका मुख्य अभियान्ताहरु

१. इन्द्रा सिंह (रेजिना)

२. रोशन शाही

३. जनक प्रसाद अधिकारी

४. बिमल कुमारी शाही(प्रिया)

५. खगेन्द्र रोकाय

६. बम बहादुर सिंह

७. भुपेश कुमार सिंह

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५