दैलेख : कृर्षी विकास कार्यालय दैलेखले २५ जना कृषकलाई पुरस्कृत गरेको छ । शरदकालीन आलु उत्पादन गर्ने किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्ला भरका २५ जना कृषक पुरस्कृत भएका हुन् ।
व्यवसायिक रुपमा आलु उत्पादन गर्ने कृषकलाई हौसला तथा थप आलु उत्पादन गर्न प्रोत्साहन स्वरूप सम्मान गरिएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले बताए ।
पुरस्कृत हुने कृषक मध्ये १० जना महिला र १५ जना पुरुष छन् कार्यालय प्रमुख थापाले १ रोपनी जग्गामा आलु उत्पादन गर्ने कृषकलाई ५ हजार नगद प्रमाण पत्र र ५ रोपनी जग्गामा आलु उत्पादन गर्ने कृषकलाई २५ हजार नगद, प्रमाण पत्र सहित सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पुरस्कृत भएका कृषकलाई थप ऊर्जा प्रधान गर्ने र जिल्लामा व्यावसायिक तरिकाले कृषिमा लागेका किसानहरूलाई हौसला प्रधान गरिँदै जाने बताए । उनले कृषकका समस्या पहीचान गरि समाधान गर्न लाग्नु तिनै तहका सरकारको दायित्व रहेको बताएका छन् ।




खुल्ला प्रेस । २६ फाल्गुन २०७८, बिहीबार २०:४०