महाँवु अध्यक्षमा काँग्रेसका लक्ष्मण गुरुङ,उपाध्यक्षमा मन्जु पाण्डे विजयी

दैलेखःदैलेखको महाबु गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। पालिकामा बहुमत सदस्यसहित काँग्रेस विजयी भएको हो। एकीकृत समाजवादी उम्मेदवार निवर्तमान अध्यक्ष जंगबहादुर शाहीलाई काँग्रेसका लक्षमण गुरुङले पराजित गरेका हुन् ।

गुरुङले २ हजार ९७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका छन्। एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत ल्याएका छन्। शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

त्यसबेला एमालेबाट निर्वाचित उनी पछिल्लो समय समाजवादीमा गएका हुन् । २०७४ मा एमालेबाटै उपाध्यक्षमा प्रेमकुमारी बुढा निर्वाचित भएकी थिइन्। उपाध्यक्षमा  काँग्रेसकी मन्जु पाण्डे निर्वाचित भएका छन्।

पाण्डेले ३ हजार १५५ मत प्राप्त गरेकी छन् ।  एमालेबाट उम्मेदवार दुर्गा कुमारी सिंहले २ हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुन्यप्रभा दशौ‌दीले २ हजार १३३ मत ल्याएकी छन्। ६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा काँग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५