रैथाने बाली जोगाउन खाध्य परिकार प्रर्दशनी

दैलेख: नारायण नगरपालिका दैलेखले रैथाने बाली संरक्षणको लागि खाध्य परिकार प्रर्दशनी गरेको छ ।
कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णय अनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धनको लागि रैथाने बालिबाट बनेका भिभिन्न खाध्य परिकारहरु प्रर्दशनी गरेको हो ।
नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियान अन्तर्गत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम नारायण नगरपालिकाको प्राङ्गणमा प्रर्दशन गरेको थियो ।
नगरपालिकाका कृषि शाखा प्रमुख खेमराज शर्माले रैथाने बाली संरक्षणका लागि नारायण नगरपालिकाले विविध कार्यक्रम सञ्चाल गरेको जानकारी दिए । उनले रैथाने बाली संरक्षण गर्नका लागि सार्वजनिक स्थानमा त्यसका परिकार बनाएर प्रदर्शन गर्ने कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताएका छन् । रैथाने बाली फापर, कागुनो, धान, कोदो, जौ, उवा लगायतका बालीवाट बनेका परिकारहरू प्रदर्शन गरिएको शाखा प्रमुख शर्माले बताए ।
प्रर्दशनी कार्यक्रममा बोल्दै नगर प्रमुख लोमन शर्माले स्थानीय रैथाने वाली संरक्षणका लागि कृषकहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय खेती नगर्ने नागरिकको संख्या बढ्दै गएको बताउँदै कृषि पेसा प्रति जागरुक गर्न रैथाने बाली तर्फ प्रोत्साहन गर्न जरुरी रहेको बताए ।
‘हाम्रा पुर्खाहरूले गर्ने खेती र अहिले खेती गर्ने तरिका फरक छ, त्यस बेला रैथाने वालिबाट उत्पादन भएका खाना खाँदा विरामी संख्या समेत कमी हुन्थ्यो ।’ अहिले उत्पादन हुने हरेक वस्तुमा विषादी हुने भएका कारण बिरामी हुने संख्या दिनानुदिन बढ्दै गएको छ । जब सम्म रैथाने बालिको संरक्षण गर्ने सकिदैन तबसम्म यो समस्या झनै बढ्दै जाने भएकोले रैथाने बालिको संरक्षणमा सबै लाग्नुपर्छ नगर प्रमुखले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५