कर्णाली जेसिज शाखा अध्यक्षमा पाण्डेद्वारा उम्मेदवारी घोषणा

कालिकोट:  कर्णाली जेसिज शाखा बर्ष २०२२ को अध्यक्ष पदमा जेसि तुलराज पाण्डे (परिवर्तन) ले उम्मेदद्धारी घोषणा गरेका छन्। कर्णाली जेसिजको सदस्य, उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, महासचिवसमेत भैसकेका पाण्डेले अब कर्णाली जेसिज शाखाको अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

युवाहरुलाई परिमार्जित गर्दै नयाँपन दिएर आफू अघि बढ्ने बिगतदेखि आजसम्मका कार्यक्रम हेर्दा नियमित कार्यक्रमले मात्रै निरन्तता पाएको भन्दै यसलाई परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिए।

आफ्नो अर्को लक्ष्य भनेको कर्णाली जेसिज लाई स्थानीय सरकार, प्रदेश सरकार संग समन्वय सहकार्य गर्दै राज्यको एक अंगका रुपमा स्थापीत गर्ने उनको भनाइ छ। २०२२ मा आफू निर्वाचित भएमा व्यावसायिक रुपमा यूवाहरुलाई सबल बनाउने खालका कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ।

भोटको लागि राजनीति गर्ने आफ्नो एजेण्डा होईन अध्यक्षका उम्मेद्धवार पाण्डेले भने कर्णाली जेसिज शाखामा आवद्ध युवाहरुलाई कुनैन कुनै व्यवसायीमा जोड्न र बलियो र सक्षम बनाउने लक्ष्य हो भन्दै सबै जेसिज मित्रलाई मेरो उम्मेदवारी रहेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५