सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन्।

आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला (अनलाइन भोटिङ)को मतभार १० प्रतिशत हुन्छ। लामिछाने पहिलोपटक यो अवार्ड जित्ने नेपाली खेलाडी हुन्।

आईसिसीले गत बुधबार सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को मनोनयन सार्वजनिक गरेको थियो। मनोनयनमा सन्दीपसहित बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रा रहेका थिए। उनी अहमद र मल्होत्रालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्।

विश्वकप लिग-२ का लागि जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले गत महिना ओमान भ्रमण गर्दा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले ६ खेलमा १८ विकेट लिएका थिए।

बंगलादेशले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलोपटक टी-२० सिरिज जित्न स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै अमेरिकाका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गर्दै १ सय २४ बलमा १ सय ७३ रनको इनिङ र एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५