वृद्धभत्ता पाउने उमेर पुरानै कायम

काठमाडौँ : आर्थिक सुधार सुझाव आयोगले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सरकारलाई सुझाव दिए पनि बजेटले पुरानै व्यवस्था कायम गरिएको छ ।

२०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो । जसका कारण वार्षिक २० अर्ब रूपैयाँको दायित्व सरकारलाई थपिएको पञ्जीकरण विभागले बताउँदै आएको थियो । गत वैशाख ६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत गरेको थियो । तर अर्थमन्त्री विष्णु पौडेलले २०८३/८३ को बजेट प्रस्तुत गर्दै उमेर पुरानै कायम राखिएको उल्लेख गरेका छन् । रामेश्वर खनाल नेतृत्वको आयोगले आगामी ५ वर्ष वृद्धभत्ता नबढाउन र न्यूनतम उमेर ७० कायम गर्न सुझाव दिएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५