सुर्खेत: कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।
त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
प्रदेश सरकारले आगामी १० वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १६ भाद्र २०८३, मंगलवार १२:४४